काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यको शैक्षिक योग्यताको बिषयलाई लिएर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । ती दुवै निकायमा परेको उजुरीमा उनको शैक्षिक योग्यता एसएसलीसम्म रहेको तर उपाध्यक्ष पदका लागि उनको योग्यता नपुग्ने दाबी उजुरीमा गरिएको छ ।
बुटवलको कालिका माध्यमिक विद्यालयबाट एसएलसीसम्म अध्ययन गरेको प्रमाणपत्र पेश गरेर आचार्य परिषदको उपाध्यक्ष नियुक्ति भएका हुन् । त्यही नियुक्तिको प्रमाणपत्र पेश गरेर मन्त्रिपरिषदले उनलाई उपाध्यक्षमा नियुक्ति गरेको हो । जबकि उनीभन्दा मर्यादाक्रममा कनिष्ट पदका रुपमा लिइने परिषदको सदस्य सचिवको स्नात्तकोत्तर योग्यता तोकिएको छ ।
यसअघि उपाध्यक्षहरुको शैक्षिक योग्यता एसएलसीभन्दा माथि रहेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका आचार्य अर्थमन्त्री बिष्णु पौडेलको दबाबमा खेलकुद परिषदको उपाध्यक्षमा नियुक्ति भएका हुन् । उनको नियुक्तिको बिषयसँगसँगै जथाभावी स्रोत साधन दुरुपयोग गरेको हुँदा हदैसम्मको कारबाहीको माग गरिएको छ ।
मदन भण्डारी एकेडेमीको कार्यक्रम संचालनका लागि परिषदको स्रोत साधनको दुरुपयोग गर्दैआएका आचार्यकै सिको गर्दै परिषदका अर्का सदस्य कमल भट्टराईको भ्रमण खर्च सम्बन्धी बिषयसमेत छानबिन गर्न माग गरिएको छ ।
ओलम्पिक कमिटीको विवादलाई ९ महिनादेखि झन् चर्काउँदैआएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको कार्यशैलीको बिषयलाई प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत अवगत गराइसकेका छन् । आधा दर्जनभन्दा खेलकुद संघहरुको तदर्थ समिति बनाएर विवादमा आएका चौधरीले ओलम्पिक कमिटीको विवादलाई समाधान गर्नेभन्दा पनि चर्काउँदै लगेको आरोप छ ।
ओलम्पिक कमिटीको अध्यक्षमा हाल पूर्वमन्त्री जीवनराम श्रेष्ठ रहेका छन् । उनले नेतृत्व गरेको कमिटीलाई अबैध भन्दैआएको भनेपछि आधा दर्जन भन्दा बढी ओलम्पिकका मुद्दा उच्च अदालत पाटनमा बिचाराधीन छन् । श्रेष्ठ नेतृत्वको कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिइसकेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend