काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा माओवादी गलेको नभई आवश्यक छानविन गने सहमतीका आधारमा संसद सुचारु गर्न सहमत भएको बताए ।
आज (आइतबार) प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफलमा भाग लिंदै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरू सदन चलाउन तयार भएको उनले बताए ।
रास्वपाको नाराबाजीकाबीच प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्न रोष्ट्रम पुगेका पुनले केही दिन अगाडिसम्म संसद्मा संघर्षरत रहँदाको समयमा रास्वपासँगको सहकार्य स्मरण गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्मा उठ्दै आएको छ । यो विषय संसद्मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेलेका छन् ।
त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् । ‘खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामी प्रतिपक्षी दलहरूले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौँ’, पुनले भने । यो विषय सदन बाहिर पनि उठेको उनले बताए । नैतिकताको विषय व्यक्तिको निजी विषय हुने उनले बताए । पार्टीहरूले, जनताले नैतिकताको कुरा सम्बन्धित व्यक्तिलाई सुझाव दिने विषय रहेको बताए ।
गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिवद्धतापछि आफूहरू सदन खोल्न तयार रहेको बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निष्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।
केही व्यक्तिले आफैले गृह मन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको उल्लेख गर्दै उनले त्यस्तो नरहेको बताए । बरु यो विषयमा अध्ययन र छानबिनका लागि निरन्तर खबरदारी गर्ने बताए । २ बुँदे सहमति गरेर सदन खोल्दा अग्नि प्रसाद सापकोटा विरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे । अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय नरहेको बताए ।
पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको पनि बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका छन्।
उनले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताए। वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको पुनको जिकिर छ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend