Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सुदूरपश्चिम प्रदेशको बजेट भाषण समय सर्‍यो


    आइतबार, असार १ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण समय सरेको छ। आइतबार साँझ ५ बजेका लागि तोकिएको बजेट भाषण दुई घण्टा सरेको हो।

    अब बेलुकी ७ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरिने छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार बेलुकी ७ बजे बस्ने गरी प्रदेश सभा बैठक सरेको हो।

    संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रदेश सभामा प्रस्तुत गरिसक्नु पर्छ। बजेट तयार गर्नमा ढिलाइ हुँदा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी प्रदेश सभामा बजेट प्रस्तुत गरिन लागिएको छ।

    भौतिक पूर्वाधार मन्त्रालयका योजना बजेटमा समेट्ने काम नसकिएको बताइएको छ। सो काम सकेर बेलुकी ७ बजे बस्ने बैठकमा बजेट प्रस्तुत गरिने छ।

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार