Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीले संसद्‌मै धम्क्याएको राप्रपाको आरोप


    आइतबार, असार १ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसद्‌मा अवरोध जारी राख्ने बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रबार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा प्रस्तुत भएको बताए। उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए। अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताए।

    प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा आफूहरू अघि नबढ्ने स्पष्ट पारे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार