Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भौतिक मन्त्री राईले खोटाङमा मात्रै १ अर्ब बजेट खन्याएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि


    शनिबार, जेष्ठ ३१ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • खोटाङ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा मात्रै १ अर्बभन्दा बढी बजेट खन्याउन लागेको भन्दै नेपाली कांग्रेसभित्रै बिरोध भइरहेको छ ।

    स्वास्थ्य मन्त्रीको समेत कार्यभार सम्हालिरहेका राई खोटाङको प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सरकारको नेतृत्व गरेका राईले सबै बजेट खोटाङमा मात्र खन्याएको भन्दै पार्टीमा असन्तुष्टि छाएको छ ।

    कोशी प्रदेश सरकारको बजेट भोलि असार १ गते प्रस्तुत हुँदैछ । बजेटमा मन्त्री राईले मुख्यमन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरलाई समेत चुईक्क बोल्न नदिई १ अर्बभन्दा बढी खोटाङमा मात्र बिभिन्न योजनामा हाल्न लगाएका छन् ।

    कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । तर भौतिक पूर्वाधार मन्त्री राईले भएभरको बजेट जति खोटाङमा मात्र हाल्दा अरु जिल्लाको विकास निर्माणमा कांग्रेसले भेदभाव गरेको सन्देश जाने चिन्ता प्रदेश सभाका सदस्यहरुले गरेका छन् ।

    २०८४ को निर्वाचनमा खोटाङमा संघीय सांसदको चुनाव लड्नका लागि उनले ठूलो बजेट जिल्लामा खन्याएर अन्य जिल्लालाई बिभेद गरेको आरोप मन्त्री राईमाथि लागेको छ । मन्त्रीको जिल्लामा मात्र चाहिने नचाहिने ठाउँमा बजेट खन्याउने, तर अन्य जिल्लामा आवश्यक ठाउँमा समेत बजेट अपुग हुने समस्यामा ध्यान नदिने असन्तुलित कार्य कांग्रेसका मन्त्री राईले गरेको गुनासो बाँकी १३ जिल्लाका सांसदहरुको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार