Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको छ: प्रचण्ड


    मंगलबार, जेष्ठ २७ २०८२
    1.2K
    Shares
    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

    आज (मंगलबार) खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको पनि बताए ।

    देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको बताउँदै उनले यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर विशेष योजना अन्तर्गत नै अभियान चलाएको बताए ।

    उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा झण्डै १० हजार ब्यक्ति पार्टी प्रवेश गरेको दाबी गरे । प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार