काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज (मंगलबार)बिहान आयोजित कार्यक्रममा प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए। ‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने।
अन्य पार्टीबाट हुने प्रवेश र समायोजनले पार्टीमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे।
माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुन आउने सबैलाई उचित जिम्मेवारी दिइनेसमेत बताए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend