सर्लाही । सर्लाहीको मलंगवा क्षेत्रको टावर चौकस्थित सशस्त्र प्रहरीकै उपस्थितिमा तस्करीको संजाल खुलेआम संचालन भइरहेको छ । स्रोतका अनुसार डिएसपी सुमन ढुंगानाको सिधा निर्देशनमा तस्करीका मार्गहरू खुला गरिएको छ, जसमा कपडा, किराना, माछा, काजु–किसमिस र हार्डवेयरका सामानहरू प्रमुख छन् ।
विश्वस्त स्रोतका अनुसार डिएसपी ढुंगाना तस्करीमा संलग्न व्यापारीहरूसँग ‘लाइन’ मिलाएर तस्करी सहज बनाइरहेका छन् । यसै कारण टावर चौक क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्टमा परिणत भएको छ ।
ढुंगानाको व्यवहार र नेतृत्वशैलीप्रति पनि गम्भीर प्रश्न उठेको छ । उनी स्वयंले आफू ‘पावर र पहुँचवाला’ भएको दाबी गर्दै कोही केही गर्न नसक्ने घमण्डका साथ हिँड्ने गरेको आरोप छ ।
यो सन्दर्भमा, वैशाख २९ गते मलङ्वा भन्सार कार्यालयको परिसरमा घटेको एक विवादास्पद घटनाले सशस्त्र प्रहरी बलको आन्तरिक अनुशासन र नेतृत्व शैलीप्रति प्रश्न उठाएको छ । सिभिल पोशाकमै रहेका डिएसपी ढुंगानाले ड्युटीमा खटिएका आफ्नै मातहत सशस्त्र प्रहरी सहायक हवल्दार उदव चौलागाईंलाई सार्वजनिक स्थानमै बुटले प्रहार गरेका थिए ।
पीडित हवल्दार चौलागाईंले आफूले कुनै गल्ती नगरेको भए पनि सार्वजनिक स्थानमै अपमानित हुनुपरेको गुनासो गरेका छन् । तर घटनाको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित भइसके पनि हालसम्म डिएसपी ढुंगानाविरुद्ध कुनै छानबिन वा कारबाही नहुनुले सुरक्षा प्रणालीको निष्पक्षता र माथिल्लो तहको भूमिकामाथि प्रश्न उब्जाएको छ ।
यो घटनाले प्रहरी संगठनभित्रको आन्तरिक संरचना, अनुशासनहीनता र सत्ता संरक्षणको सञ्जालमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend