Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, मलंगवाबाट खुला रूपमा हुँदैछ गैरकानुनी कारोबार


    मंगलबार, जेष्ठ २० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको मलंगवा क्षेत्रको टावर चौकस्थित सशस्त्र प्रहरीकै उपस्थितिमा तस्करीको संजाल खुलेआम संचालन भइरहेको छ । स्रोतका अनुसार डिएसपी सुमन ढुंगानाको सिधा निर्देशनमा तस्करीका मार्गहरू खुला गरिएको छ, जसमा कपडा, किराना, माछा, काजु–किसमिस र हार्डवेयरका सामानहरू प्रमुख छन् ।

    विश्वस्त स्रोतका अनुसार डिएसपी ढुंगाना तस्करीमा संलग्न व्यापारीहरूसँग ‘लाइन’ मिलाएर तस्करी सहज बनाइरहेका छन् । यसै कारण टावर चौक क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्टमा परिणत भएको छ ।
    ढुंगानाको व्यवहार र नेतृत्वशैलीप्रति पनि गम्भीर प्रश्न उठेको छ । उनी स्वयंले आफू ‘पावर र पहुँचवाला’ भएको दाबी गर्दै कोही केही गर्न नसक्ने घमण्डका साथ हिँड्ने गरेको आरोप छ ।

    यो सन्दर्भमा, वैशाख २९ गते मलङ्वा भन्सार कार्यालयको परिसरमा घटेको एक विवादास्पद घटनाले सशस्त्र प्रहरी बलको आन्तरिक अनुशासन र नेतृत्व शैलीप्रति प्रश्न उठाएको छ । सिभिल पोशाकमै रहेका डिएसपी ढुंगानाले ड्युटीमा खटिएका आफ्नै मातहत सशस्त्र प्रहरी सहायक हवल्दार उदव चौलागाईंलाई सार्वजनिक स्थानमै बुटले प्रहार गरेका थिए ।

    पीडित हवल्दार चौलागाईंले आफूले कुनै गल्ती नगरेको भए पनि सार्वजनिक स्थानमै अपमानित हुनुपरेको गुनासो गरेका छन् । तर घटनाको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित भइसके पनि हालसम्म डिएसपी ढुंगानाविरुद्ध कुनै छानबिन वा कारबाही नहुनुले सुरक्षा प्रणालीको निष्पक्षता र माथिल्लो तहको भूमिकामाथि प्रश्न उब्जाएको छ ।

    यो घटनाले प्रहरी संगठनभित्रको आन्तरिक संरचना, अनुशासनहीनता र सत्ता संरक्षणको सञ्जालमाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार