Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा संचालन


    सोमबार, जेष्ठ १९ २०८२
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंका बिभिन्न ठाउँमा जेठ १९ गते २ वटा बस संचालन गरेको छ ।

    यातायात ब्यवसायीहरुले सोमबार काठमाडौं उपत्यका बन्द गरेका कारण अप्ठेरोमा परेका यात्रुहरुका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्काे बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

    सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्यसम्म पु¥याउनको लागि सशस्त्र प्रहरी बल, नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार