काठमाडाैं । प्रेस सङ्गठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो कदम सच्याई पुनःस्थापना गर्न माग गरेको छ । सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले १९ बुँदे काठमाडाैँ घोषणापत्र जारी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध दृढतापूर्वक उभिने प्रण गरेको छ ।
भेलाले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हित एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका सञ्चार सम्बद्ध सबै सङ्घसङ्गठनसँग मोर्चाबन्दी गर्ने सङ्कल्प पनि गरेको छ । भेलाले समाचार लेखेका आधारमा सञ्चारमाध्यमको नामै उल्लेख गरेर हालैसर्वोच्च अदालतले दिएको चेतावनीपूर्ण वक्तव्यप्रति दुःख व्यक्त गरेको छ ।
यसैगरी भेलाले विश्वव्यापी महामारी कोभिड–१९ बाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन माग पनि गरेको छ । स्थानीय, साना लगानीका तथा स्वरोजगारमुखी मिडिया प्रवद्र्धनका लागि स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन तथा स्थानीय तहबाटै मिडियाको दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास वितरण र बीमाको व्यवस्था मिलाउन आग्रह गरेको संगठनका संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो ।
सरकारको नीति तथा कार्यक्रममा पत्रकारका लागि सूचना विभागको प्रेस प्रतिनिधि परिचयपत्रका आधारमा सरकारी अस्पतालमा ५० प्रतिशत उपचार खर्च सहुलियत उपलब्ध गराउने घोषणा गरिएकामा अझै कार्यान्वयनमा आउन नसकेको भनी भेलाले दुःख व्यक्त गरेको छ । भेलाले देशको सङ्कटपूर्ण राजनीतिक अवस्था र नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनलाई ध्यान दिएर यही माघभित्र प्रेस सङ्गठका सबै प्रदेशको भेला सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend