काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक एआईजी पदका लागि कनिष्ट र विवादास्पद डीआईजी गणेश ठाडामगरको बढुवा गर्न परराष्ट्रमन्त्री आरजु राणाले चर्को दबाब दिएपछि बढुवा समितिको बैठक निष्कर्षबिहीन रुपमा टुंगिएको छ ।
बिहीबार(आज) बिहान गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सशस्त्रका आईजीपी राजु अर्याल र कर्मचारी प्रशासनका डीएसपी नरेन्द्र साउदसहितको बढुवा सिफारिस समितिको बैठक बसेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठताका आधारमा एआईजी बढुवा सिफारिस गर्न निर्देशन दिए पनि बढुवा समितिले बुढानीलकन्ठले गणेश ठाडामगरलाई बढुवा गर्नुपर्ने दबाब दिएका कारण बैठक टुंगिएको छ । तर आजै बढुवा सिफारिस गर्न बढुवा समितिको अर्को बैठक साँझ बस्दैछ । सशस्त्र प्रहरी बलमा बरिष्ठताका आधारमा डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एआईजी बढुवाका दाबेदार हुन् । तर भावी आईजीपीसमेत हुने भएकाले एआईजीमा बढुवा हुनका लागि ठाडामगरले शक्तिकेन्द्रमा ठूलो चलखेल गरेका छन् ।
चन्द्रप्रकाश गौतम बैशाख २ गते अवकाश भएपछि रिक्त भएको एआईजीमा बढुवा हुनका लागि ठाडामगरले परराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणालाई थैलीकै कबोल गरिसकेपछि उनलाई बढुवा सिफारिस गर्न चर्को दबाब परेको स्रोत बताउँछ । रिक्त पदमा बरिष्ठताका आधारमा मात्र बढुवा भएमा दरबन्दी थपेर भए पनि बढुवा हुने खेलमा लागेका ठाडामगरले पछिल्ला दिनमा ठूलो थैली कबोल गरी कनिष्ट भए पनि बढुवामा पर्नेगरी दबाब बढाएका छन् ।
ठाडामगर सशस्त्रमा अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । मधेश प्रदेश छिन्नमस्ता बाहिनीमा एसएसपी हुँदादेखि नै घुमुवा परिचालन गरी लाभ लिन पल्केका थिए ठाडामगर । जुन बेला राजु अर्याल मधेश प्रदेशको डीआईजी थिए । अर्याल स्वच्छ छविका भए पनि ठाडामगरले घुमुवामार्फत् लाभ लिएका थिए । जागिरे जीवनमा माओवादीका निकट भएर बढुवा र अवसर पाएका ठाडामगर यो सरकार बनेपछि भूषण राणाकोमा पुगेर थैली कबोल गरी बढुवा हुने दाउमा लागेका थिए । बिचौलिया रामचन्द्र भट्ट चन्दनेमार्फत् उनी बुढानीलकन्ठमा पुगेका हुुन् ।
पछि डीआईजी भएपछि १८ महिना मधेश प्रदेशको कमाण्ड सम्हाल्ने क्रममा गणेशले घुमुवाहरुको डफ्फा नै परिचालन गरी तस्करीको साम्राज्य चलाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्दैआएको छ । ठाडामगरलाई बढुवा गराउन स्रोत जुटाउन उनले मधेश प्रदेशमा १८ महिना कार्यरत रहँदा असुलीमा परिचालन गरेका पुराना घुमुवाहरु पनि लागेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend