काठमाडौं । बंगलादेशी नागरिकलाई अपहरण गर्दै फिरौती माग्ने भारतीय गिरोह सक्रिय रहेको पाइएको छ ।
भिजिट भिसामा नेपाल आएका ९ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले ९ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिल्ली घर भई ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पञ्जाबका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय सन्दीप कुमार, ३८ वर्षीय जसप्रित सिंह र कानपुर घर भई पञ्जाब बस्ने ६४ वर्षीय रमेश जाधव रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पछिल्लो पटक ललितपुर-१५ स्थित घरमा एक जनालाई बन्धक बनाएको घटनामा भारतीय नागरिकहरू पक्राउ गरिएको हो ।
पक्राउपछि अनुसन्धान थाल्दा ९ जना बंगलादेशी नागरिकलाई विभिन्न मितिमा अपहरण गरेको खुलेको बोहराले बताए ।
पीडितलाई बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएर उनको साथमा रहेको रकम र मोबाइल खोसेर आफन्तसँग ह्वाट्सएपमार्फत् फिरौती माग गरेको उजुरी परेपछि प्रहरी खोजीमा लागेको थियो ।
यस क्रममा परिसर र वृत्त गौशालाको टोली भारतीय नागरिकहरूको खोजीमा जुटेको थियो। वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार बंगलादेशी नागरिकलाई भारतीय आफैंले नेपाल बोलाएर युरोप तथा अमेरिकी मुलुकमा पठाइदिने बहानामा अपहरण गर्ने गर्थे ।
‘बंगलादेशीलाई ठूला मुलुकले अनअराइभल भिसा दिन कडाइ गरेको अवस्था रहेकाले नेपालबाट प्रक्रिया थाल्ने भन्दै भारतीय गिरोहले बोलाएर अपहरण गर्ने गरेको खुलेको छ,’ खनालले भने।
नेपालमा अपरहण गरेपछि उनीहरूले रसिया, दुबई तथा भारतमा रहेका दलालहरूको खातामा फिरौती रकम पठाउने गरेको खुलेको छ । हालसम्म ९० लाख रुपैयाँ टाका रकम त्यसरी पठाइएको पाइएको खनालले बताए ।
‘कतिपय बंगलादेशी नागरिक फिरौती बुझाएर आफ्नो देश फर्किसकेका छन्, उनीहरूलाई बोलाएर उजुरी दिन भनेका छौं,’ खनालले भने ।
ललितपुर-१५ को घरमा राखिएका पीडितका आफन्तलाई यो समूहले ह्वाट्सएपबाट फिरौती रकम मागेको थियो। ती व्यक्तिका आफन्त नेपाल आएर प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका सबैलाई अपहरण, शरीर बन्धक तथा आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend