काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।
जेठ १५ गते अर्थात भोली बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता देखिएको भन्दैछानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।
विपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएकाले राजिनामा दिनुपर्ने माग राखेर आज पनि बैठक अवरोध गरेको छ । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने बताएका छन् । बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान फोन गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन् । ‘भरेभोलि थप कुराकानी होला, तर, प्रधानमन्त्रीलाई बजेट ल्याउने कुरामा हामी सकारात्मक रहेको जानकारी दिनुभएको छ,’ प्रचण्ड निकट ती स्रोतले भन्यो ।
यद्यपि संसद्का अरू नियमित काम भने अगाडि बढ्न नदिने प्रचण्डले अडान लिएका छन् । ‘गृहमन्त्री जोडिएको प्रकरणमा छानबिन हुनुपर्छ, त्यसअघि राजीनामा आउनुपर्छ,’ प्रचण्डले प्रधानमन्त्रीसँग भने, ‘यसपछि मात्र संसदका नियमित काम अगाडि बढ्छ ।’
दोस्रो ठूलो विपक्षी रास्वपाले पनि बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने निर्णय लिएको छ । संसद् भवन बाहिर प्रतिक्रिया दिँदै कार्यबाहक प्रवक्ता मनिष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताए । ‘संवैधानिक प्रक्रिया अनुसार ल्याइने बजेट रोक्दैनौं’, उनले भने ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको अडान नरहेको पनि बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend