काठमाडौं । रुपन्देहीमा पूर्वश्रीमानले श्रीमती र दुई छोरीको हत्या गरेका छन्। डिभोर्स गरेर अर्कैसँग बिहे गरेकी श्रीमती र दुई छोरीलाई श्रीमानले बुधबार बिहान हत्या गरेका हुन् ।३३ वर्षीया दीपा बस्याल, छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
बुटवल उपमहानगरपालिका-११ मैत्रीपथमा बस्दै आएका पूर्वश्रीमानले बिहान ४ बजेतिर दीपा र छोरीहरूलाई चक्कु तथा हम्मर प्रहार गरी हत्या गरेको क्षेत्रीले बताए।
हत्याको खबर भने प्रहरीलाई बिहान ७ बजे मात्रै पुगेको थियो। क्षेत्रीका अनुसार दीपा आफ्ना दुई छोरी लिएर पूर्वश्रीमानको घरमा पुगेकी थिइन्। उनलाई मंगलबार छोरीसहित पूर्वश्रीमानले आफ्नो घरमा बोलाएका थिए।
‘उनी किन गएकी थिइन् भन्ने कुरा अनुसन्धान भइरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले घटनास्थल सुरक्षित गरेर शवको मुचुल्का उठाउने तयारी भइरहेको छ।’
दीपाका पूर्वश्रीमान् सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान थालिएको क्षेत्रीले बताए।
मृतक महिला पाल्पाको तानसेन नगरपालिका-७ कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षपहिले नै सम्बन्धविच्छेद गरी नवलपरासीका अर्का व्यक्तिसँग बिहे गरेकी थिइन्।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend