Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रधानमन्त्रीलाई मानव अधिकार आयोगले भन्यो- उत्तेजनापूर्ण अभिव्यक्ति नदिनू


    सोमबार, जेष्ठ १२ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्ति चिन्ताजनक भन्दै उत्तेजित अभिव्यक्ति नदिन भनेको छ।

    जेठ १५ गते नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले ‘जनआन्दोलनु सुरू गर्न लागेको छ। उक्त कार्यक्रम लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले सो दिन एमालेको कब्जामा काठमाडौं रहनुपर्ने अभिव्यक्ति दिएका थिए।

    सोमबार आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।

    आइतबार प्रधानमन्त्री ओलीले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्ने बताएका थिए।

    ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्छ। कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्,’ उनले भनेका थिए। राजतन्त्र पक्षधर संयुक्त जनआन्दोलन समितिले अनुगमन गर्न पनि आयोगलाई अनुरोध गरेको छ।

    आयोगले अभिव्यक्ति दिँदा संयमित हुन, नकारात्मक टीकाटिप्पणी नगर्न र सुरक्षा निकायले राजधानी लगायतका क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार