Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १० वर्षपछि माओवादी केन्द्रमा फर्किएका गंगानारायण श्रेष्ठले पाए सचिवको जिम्मेवारी


    सोमबार, जेष्ठ १२ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् ।

    पार्टी समायोजन पश्चात नेता श्रेष्ठले माओवादी केन्द्रको केन्द्रीय सचिव पद पाएका छन् । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।

    बाबुराम भट्टराईसँगै माओवादी छोडेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी (नेसपा) का नेता थिए । श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार