काठमाडौं, ९ बैशाख । दुई दिनयता नेपालमा कोरोना संक्रमित देखिएका थिएनन् । तर आज उदयपुरमा एकै पटक ८ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि १२ जना भारतीय जमातीमा कोरोना देखिएको उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको छ ।
त्रियुगा नगरपालिकास्थित भुल्केको मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । संक्रमित ८ जना भुल्के क्षेत्रको मस्जिद नजिकैका बासिन्दा हुन् । जुन मस्जिदमा ११ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको थियो ।