Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले संघीय सांसदको उम्मेदवार बनाएका रमेश श्रेष्ठ राप्रपामै फर्के


    आइतबार, जेष्ठ ४ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • इटहरी ।  इनरुवा एमालेका केन्द्रीय सल्लाहकार रमेश श्रेष्ठ राप्रपा नेपालमा फर्किएका छन् । सुनसरीको इनरुवामा आइतबार आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सुनसरी जिबिसका पूर्ब जिविस सभापति रमेश श्रेष्ठ, इनरुवाका पूर्वउपमेयर माधव पोखरेल लगायत दर्जनौ ब्यक्ति राप्रपा नेपाल प्रवेश गरेका थिए ।

    रमेश श्रेष्ठ २०७४ मा सुनसरी ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीसँग पराजीत भएका थिए । एमाले–माओवादीबीच बाम गठबन्धन भएको २०७४ को चुनावमा कार्कीका बिरुद्ध जगदिश कुसियत लगायतका नेतालाई टिकट नदिई पंचायतकाकालका गृहमन्त्री होमबहादुर श्रेष्ठ(ठूलेबाबु) का छोरा रमेश श्रेष्ठलाई दिनुमा पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको भूमिका रहेको चर्चा भएको थियो । भण्डारीका नातेदार कार्कीलाई जिताउन रमेश श्रेष्ठलाई टिकट दिइएको चर्चा पनि त्यसबेलामा भएको थियो ।

    यसैबीच, राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।  सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनका बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।

    ‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ, धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्वीकार गरेको छ , गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधानबिरोधी होइन’  उनले स्पष्ट पारे । अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्बाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।

    ‘यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो, कुनै बिदेशी प्रभाव र उक्साहट छैनू थापाले थपे । मुलुक युवाबिहीन भैसक्यो , भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ, सिङ्गो गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ , बेरोजगारी र कुशासन भनिसाध्य छैन, यस्तो बेलामा जनताले बिकल्प खोज्छन् , जनतालाई रोक्ने दुसाहस कतैबाट नहोस् भन्दै थापाले सम्बाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रवादीहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरे ।

    आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन् । कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल , तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधब आचार्य, रामबिलास मेहता लगायतले बोलेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार