Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल फेस समाचार प्रभावः कुहिएको दाल राहत बितरण गर्ने कलैयाका मेयर पक्राउ


    मंगलबार, बैशाख ९ २०७७
    1.1K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं,  ९ बैशाख ।

    कोरोना भाइरस(कोभिड १९) को महामारीले मानव जातिमाथि भयानक संकट पैदा गराएको छ । जीवन नै रहने नरहने ठेगान छैन, तर यस्तो महामारीमा पनि गुणस्तरहीन खाद्यान्न राहतका रुपमा बितरण गरी उपमहानगरपालिकाको बजेटमा भ्रष्टाचार गर्नेहरु देखिए । यस्तै लकडाउनका कारण अभावमा परेका जनतालाई राहतमा कुहिएको दाल बितरण गर्ने कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

    कुहिएको दाल राहतमा बितरण गर्ने मेयर यादवले प्रहरी प्रशासनबाट जोगिन धेरै प्रयास गरे पनि अन्ततः उनी आज पक्राउ परेका छन् । उनी काङ्ग्रेसका केन्दीय सदस्य तथा संविधानसभा सदस्य राधेचन्द्र यादवका छोरा हुन् । उनी यादव कोल्डस्टोर संचालन गर्दागर्दै बाबुको कृपाले कांग्रेसको जिल्ला सदस्य भए । र, लगत्तै मेयरको टिकट पाएर जितेका हुन् । तर राहतमा कुहिएको दाल समेत बितरण गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेपछि उनी हिरासतमा पुगेका छन् ।  

    नेपालफेस डटकमले कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै कोल्डस्टोरको गुणस्तरहीन दाल किनेर ८ वटा वडामा राहतका रुपमा बितरण गरेको समाचार सबैभन्दा पहिले उजागर गरेको थियो । चैत २८ मा नेपालफेसले ‘महामारीमा मेयरको कमाउधन्दाः सडेको दाल र आलुको मूल्य दोब्बर’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रहरीले चैत २९ मा  यादव कोल्डस्टोरबाट ३ सय ८० बोरा गुणस्तरहीन दाल बरामद गर्यो । जुन दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षण गर्दा खान अयोग्य ठहरियो । 
    मेयर यादवको यादव कोल्डस्टोर रंगपुरमा श्री धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले ५८ हजार किलो दाल राखेका थिए । तर शर्मालाई सोध्दै नसोधी मेयर यादवले प्रतिकिलो १ सय २० रुपैयाँमा उक्त दाल उपमहानगरबाट किनेर वडा वडामा बितरण गर्न लगाएका थिए । तेजकरण शर्माले उक्त दाल पशुआहाराका लागि राखिएको र आफूलाई बिक्री गरेकोबारेमा केही थाहा नभएको बिज्ञप्ति निकालेका थिए । तर उनलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ । 

    आइतबाट प्रहरीले कलैया–१ का वडाध्यक्ष हरिओम साह सोनार, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई पक्राउ गरेको थियो ।

    मेयर यादवले भाइलाई जोगाउन कर्मचारी कृष्ण यादवलाई प्रहरीकोमा पठाएका थिए । तर उक्त कोल्डस्टोर मेयरकै भएको सबैलाई थाहा भएकाले उनले उन्मुक्ति पाउने अवस्था थिएन । प्रहरी प्रशासनले सोमबार बेलुका पनि यादव कोल्डस्टोरबाट ४ सय ५० बोरा ५० किलो गुणस्तरहीन दाल बरामद गरेको थियो । जुन दाल चैत २९ मा बरामद गरेको भन्दा पनि बढी कुहिएको रहेकाले प्रहरीले मंगलबार मेयर यादवलाई पक्राउ गरेको छ । सोमबार बरामद दाल पनि गुणस्तर परीक्षणका लागि हेटौंडा पठाइएको छ ।

    बसतपुर प्रहरी चौकीमा पनि यादव कोल्डस्टोरबाट राहत बाँड्न लगिएको १४ बोरा दाल यसअघि नै प्रहरीले बरामद गरिसकेको छ ।  

    यो पनि पढ्नुहोस्ः

    गुणस्तरहीन खाद्यान्न वितरण गर्नेलाई कारबाही गरियोस्ः प्रभु साह

    पशु आहाराका लागि राखेको दाल राहतमा बितरण गरेपछि…

    मेयर यादवको झुट पर्दाफास, सडेकोे दाल राहत बाँड्ने दोषी पक्राउ परेनन्

    राहत बितरणमा भ्रष्टाचार गर्ने मेयरको कोल्डस्टोरमा छापाः ३ सय ८० बोरा कुहिएको दाल बरामद

    महामारीमा मेयरको कमाउधन्दाः सडेको दाल र आलुको मूल्य दोब्बर

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार