Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सल्यानका एक युवकमा एन्टिबडि पाेजेटिभ


    मंगलबार, बैशाख ९ २०७७
    830
    Shares
  • १ मिनेट पाठ
  •  सल्यान, ९ बैशाख  । सल्यानका एक युवामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) मा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। युएईबाट  नेपाल फर्केर आएका
     शारदा नगरपालिकाको वडा नं. १ श्रीनगरमा परीक्षण गरिएका ३२ वर्षीय ती युवाको रिपोर्ट कोरोना एन्टिबडी पोजेटिभ देखिएको हो।            
    जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले चैबाङजिउला निवासी ती युवा गत चैत ६ गते यूएईबाट घर आएको भन्ने खुलेको उनले जानकारी दिए।ती युवालाई जिल्ला अस्पताल खलंगाको आइसोलेसनमा राखिएको छ। ती युवाका परिवारका अन्य सदस्यलाई र्‍यापिड टेस्ट गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको बुढाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार