काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा डा गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटीः जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति होउन् भनेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए ।
सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरिरहेको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend