काठमाडौं । बहुचर्चित टेरामक्स खरिद घोटालामा नेपाली कांग्रेसका सांसद तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाका अख्तियार बिरुद्ध दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको लागि टेरामक्स उपकरण खरिद खरिद प्रकरणमा लामो समयदेखि अख्तियारले अनुसन्धान गर्दैआएको थियो । नेपाल सरकारको सहसचिव भए पनि दूरसंचार प्राधिकरणका बोर्ड सदस्य भएर दोहोरो सुविधा लिएका पूर्व कानून सचिव धनराज ज्ञवालीका बिरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।
पूर्व संचारमन्त्री गोकुलप्रसाद बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध भने मुद्दा चलाइएको छैन । पूर्व संचार सचिव बैकुन्ठ अर्यालका बिरुद्ध पनि मुद्दा दर्ता गरिएको छैन ।
कस कसका बिरुद्ध दायर भयो मुद्दा ?
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend