Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश


    बिहिबार, जेष्ठ १ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट ।  पछिल्लो समय रौतहटस्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ।

    एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासीसहित जिल्लाको सिंगो  गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले गुजरा नगर कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरीस्थित वडा प्रत्याशी काजीमान माझी माओवादी पार्टी  परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

    माओवादी नेता माझीसँगै सिंगो सिमरी गाउँनै माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि  नेकपा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रीय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशीलाई माला र टिका लगाएर  स्वागत गरेका थिए ।

    कार्यक्रममा भूमि आयोगकी केन्द्रीय सदस्य आरती भन्डारी, पूर्वराज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भूमि आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटी सद्स् एवम् क्षेत्र ३ का क्षेत्रीय अध्यक्ष युवराज ज्ञवाली, मेयर प्रत्यक्षी शेख एक्रामूलसँगै एमालेका जिल्ला कमिटी  पदाधिकारी, नगर अध्यक्ष जयराम चौधरीलगायतको उपस्थिति रहेको थियो । वडा प्रत्याशी माझी माओवादी सशस्त्र द्वन्दकालदेखि नै माओवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

    माओवादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुननसकेको कारण एमालेमा प्रवेश गरेको पत्रकारलाई बताएका थिए । एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ । करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिस एमालेमा प्रवेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार