काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहे पनि पक्राउ नगरिएकोमा आपत्ति जनाएका हुन्।
प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए।
राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले, ‘सुशासनको यो कस्तो नमुना हो ?’ भन्ने प्रश्न गरेका छन्।
उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएका आफ्नै पार्टीका सांसद छन्, प्रहरी प्रशासन जाँदाखेरि भेट नभएको भन्ने रिपोर्ट आउँछ। प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन्। सुशासनको कुन चाहिँ नमुना हो यो ?’
सांसद बरालीले गभर्नर नियुक्तिको सन्दर्भमा पनि सरकारले ढिलाइ गरेको उल्लेख गर्दै आम नागरिकले हेरेर बसेको बताए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend