काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवादले कसैको पनि हित नगर्ने बताएका हुन् ।
उनले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान विच तनावको अवस्था देखिएको उल्लेख गर्दै आफ्नो छिमेकि मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्ने बताएका छन् ।
उनले भने- ‘परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भएपनि, हिजो साँझ व्यक्तव्य मार्फत सार्वजनिक गरेको ‘आतंकवादका विरुद्धको अडान’को स्वागत गर्दै भारत-पाकिस्तान वीच युद्दको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तान मा रहेका नेपालीहरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु ।’
त्यस्तै उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको जानकारी दिदै तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै, उनले संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिंङको माग गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend