Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको आशंका


    मंगलबार, बैशाख ९ २०७७
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ९ बैशाख । दुई दिनयता नेपालमा कोरोना संक्रमित देखिएका थिएनन् । केही दिनअघि १२ जना भारतीय जमातीमा कोरोना देखिएको उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ ।

    ती शंकास्पद ८ जनाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

    त्रियुगा नगरपालिकास्थित भुल्केको मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेकाहरु ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

    त्यसमध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुनः परीक्षणका लागि पठाइएको हो । धरानको रिपोर्ट आएपछि मात्र उनीहरु संक्रमित हुन् कि होइनन् पुष्टी हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार