Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • झन्डै ३ घन्टा ढिलोगरी मन्त्रिपरिषद बैठक सुरू, पाउला त मुलुकले नयाँ गभर्नर


    बिहिबार, बैशाख २५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा झन्डै तीन घन्टा ढिलो गरी मन्त्रिपरिषद बैठक सुरू भएको हो ।

    साँझ ५ः०० बजेको बोलाइएको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।

    सो अघि वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भएको थियो ।

    सो भेटबार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालीन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

    नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रीपरिषद बैठक अघि यो भेट भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार