Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाजिक दुरी कायम गरि आन्दोलन गर्दै काङ्ग्रेस


    मंगलबार, बैशाख ९ २०७७
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाै,९ बैशाख ।नेपाली काग्रेसले लकडाउनकाे समयमा 
    दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

    कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो ।

    काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक दुरी कायम गर्दै आन्दोलन गरिने बताए ।

    उनले भने, ‘भौतिक दुरी कायम गर्दै नेपाली काँग्रेस सरकारको निरंकुशतातर्फ देशलाई लाने कदमविरुद्ध आन्दोलनमा जान्छ ।’

    उनले सामाजिक सञ्जालमा सशक्त आन्दोलन हुने बताए । काँग्रेसको आगामी रणनीति तय गर्न पार्टी पदाधिकारी बैठक बस्दै छ ।

    बैठकले अध्यादेश ल्याउने सरकारको कदमविरुद्धको रणनीति, अन्य पार्टीसँगको समन्वय र छलफललगायतका विषयमा निर्णय लिने बुझिएको छ ।

    सरकारले हिजो लकडाउन भइरहकै अवस्थामा राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि यसको सर्वत्र आलोचना भइरहेको छ ।

    तर, सरकारले यसलाई नियमित प्रक्रिया भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार