Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन, चाहे ३२ सिटको जादु चल्छ: प्रचण्ड


    सोमबार, बैशाख २२ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकारतिर नभएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले चाहे ३२ सिटको जादु चल्ने दाबी गरेका छन् ।

    नयाँ सरकार कहिले बन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ। मध्यपछाडि लोकमार्ग केन्द्रित अभियानमा जाँदै छौँ ।’

    उनले ३२ सिटको जादु चलाउन चाहे चल्ने भन्दै अहिले चलाउने पक्षमा नरहेको बताए । उनले अहिले आफूहरू देउवालाई फकाउने पक्षमा पनि नरहेको भन्दै आफ्नै बोझले सरकार ढल्ने दोहोर्‍याए ।

    उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने खालको मात्रै भएको टिप्पणी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार