Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा अस्थायी आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा


    मंगलबार, बैशाख ९ २०७७
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाै, ९ बैशाख ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

    ट्रम्पले यसबारे एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको उल्लेख गरेका छन् ।

    यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि पनि उनले विस्तारमा बताएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार