काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान गरेका छन् । उनले देशको समस्याबाट मुक्ति पाउनका लागि पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
आज (सोमबार) काठमाडौँको शान्तिबाटिकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा लिङ्देनले आफ्नो भनाइ राख्दै भने, ‘सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढ्नुपर्ने छ। यस कार्यका लागि राप्रपा सधैँ तयार छ।’
लिङ्देनले राप्रपामा एकजुट हुनका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थप भने, ‘हामी सबैसँग मिलेर काम गर्न तयार छौँ। यसमा कुनै द्विविधा छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ।’
कसरी लिङ्देन र कमल थापा नजिकिएका हुन् भन्ने सन्दर्भमा उनले भने,’राजसंस्था र राष्ट्रवादको पक्षमा गतिविधि गर्नका लागि हामी दुवै नजिकिएका हौँ । मैले थापालाई आमन्त्रण गरेकोमा धन्यवाद दिन चाहन्छु ।’
लिङ्देनले अहिले देश सबैभन्दा अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताए । उनले देहलाई भ्रष्टाचार र कुशासनले आक्रान्त बनाएको र भावी सन्ततिको भविष्य समेत सङ्कटमा परेको बताए ।
उनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरंकुशता बढ्दै गएको दाबी गरे। ‘यसको अन्त्यका लागि हामी बाहेक अर्को कुनै विकल्प र शक्ति छैन,’ लिङ्देनले भने।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend