Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजावादी आन्दोलनमा देखिए उपचारका लागि छुटेका धवलशम्शेर राणा


    सोमबार, बैशाख १५ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवलशम्शेर राणा पनि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका छन् ।

    उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन् ।

    चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनलाई स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार