काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकता गर्ने तयारी भएको छ। यी दुई पार्टीले लामो कसरत र छलफलपछि पार्टी एकताको निष्कर्ष निकालेका हुन्।
अरूहरूले परिवारमा झगडा लगाएर फुट ल्याएर, पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर एकता भाँड्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके अध्यक्ष राउतले आरोप लगाएका छन्।
‘नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्,’ उनले भने।
जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नीति र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्। एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्नेछन्। नाउपा संरक्षक रेशम चौधरी एकीकृत पार्टीको पनि संरक्षक र अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरीयतासहित सहअध्यक्ष हुनेछिन्। चौधरीको वरीयता स्थान पहिलो रहनेछ।
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी टुंगो लागेको छ भने चुनाव चिह्न नाउपाले प्रयोग गर्दै आएको ढकिया हुनेछ। पार्टीको झन्डा कलेजी रङको पृष्ठभूमिसहितका आयताकार र पृष्ठभूमिमा सेतो रङको पिँधसहितको ढकिया हुनेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ७०० सदस्यीय हुनेछ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend