Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • अन्तिम समयमा प्रधानन्यायाधीशको विदेश भ्रमण रद्द


    बिहिबार, बैशाख ११ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तिम समयमा आएर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमण रद्द भएको छ ।

    टर्कीका प्रधानन्यायाधीशको निमन्त्रणमा बिहीबार बिहान साढे १० बजे स्तानबुल उड्ने तयारीमा रहेका प्रधानन्यायाधीश राउतको भ्रमण अन्तिम समयमा रद्द भएको हो ।

    राउतका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाँदैथिए । प्रधानन्यायाधीशको बिदाइका लागि सर्वोच्चका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहँदा एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना पाएका थिए ।
    उनको विदेश भ्रमणकै कारण ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवाद मुद्दाको सुनुवाइ पछि धकेलिएको थियो ।

    लगातार सुनुवाइमा राखिएको पेसी प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण ब्रेक गर्दै वैशाख २८ गतेका लागि पेसी तोकेको थियो । संवैधानिक आयोगका नियुक्तिका बिरुद्ध परेको रिटको फैसला गरेर उनी विदेश जाने चर्चा थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार