Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुनुवाइ बुधबार हुने


    सोमबार, असोज १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको  सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा बुधबार संसदीय सुनुवाइ हुने भएको छ ।

    समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गर्ने र बुधबार सुनुवाई गर्ने निर्णय गरेको हो । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् ।

    गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

    समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो ।

    बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार