Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जम्मू कश्मीरमा आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते


    बुधबार, बैशाख १० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।

    परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

    ‘सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।

    साथै, सो आतङ्ककारी हमलामा परेर घाइते भएकी न्यौपानेको आमाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन् । ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले लेखेकी छिन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार