Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद बैठकः प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिने


    सोमबार, बैशाख ८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशमा भ्रष्टाचार बढेको नागरिक गुनासोपछि सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।

    सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको हो ।
    प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने उक्त आयोग १५ सदस्यीय हुने स्रोतले जानकारी दिएको छ ।

    आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार