चीन भ्रमणमा गएको सचिव दीनानाथ शर्मासहितको नेकपा (माओवादी केन्द्र)का नेताहरुको टोली । तस्वीर साभारः लेखनाथ न्यौपानेको फेसबुक
काठमाडौं । चीन भ्रमणमा गएका नेकपा (माओवादी केन्द्र)का सचिव दीनानाथ शर्माको राहदानी हराएपछि टोलीका सदस्यहबीच नै खैलाबैला मच्चियो । चीनको दक्षिण पश्चिममा रहेको चोङकिङ सहरको भ्रमणमा गएका टोलीनेता शर्माको राहदानी हराएपछि उनीहरुलाई निम्ता गर्ने चिनियाँ अधिकारीहरुले होटलदेखि सबैतिर खोजी ब्यापक गरेका थिए ।
सचिव शर्माको राहदानी(पासपोर्ट) हराएपछि एक दिनको भ्रमण तालिका नै प्रभावित भएको थियो । बिहान हराएको शर्माको पासपोर्ट बेलुका भेटिएको थियो ।
चैत २६ गते शर्माको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा गएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागको निमन्त्रणामा नेकपा(माओवादी केन्द्र)को उच्चस्तरीय टोलीको नेतृत्व गर्दै शर्मा चीनको चोङकिङ गएका थिए ।
चीनको चोङकिङ सहर आधुनिक प्रविधि र पूर्वाधार विकासमा विश्वकै उत्कृष्ट सहर रुपमा चिनिन्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोग गरेको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको बहुआयमिक सम्बन्धबारे राजनैतिक तथा वैचारिक बहस, कृषि, प्रविधि र पूर्वाधार विकासमा चीनले गरेको प्रगतिबारे अवलोकन गर्नका लागि उक्त टोली चीन गएको बताइएको थियो ।
उक्त भ्रमण टोलीमा लेखनाथ न्यौपाने, लोकेन्द्रप्रसाद लम्साल, रामदीप आचार्य, दीपक केसी, ओमप्रकाश पुन, रामकृष्ण अधिकारी, उमाकान्त भुर्तेल, कोमलमाया लामा, नमोनारायण माझी थिए ।
त्यस्तै सन्तोष पनेरु, दुर्गाबहादुर थारु, आशा उपरकोटी, अनिकेत तिवारी, खेमराज नेपाली, एवेन्द्र पराजुली, कुन्दनकुमार महतो, संगीत भट्टराई रेग्मी, कृष्णराज केसी र जटिल कार्की रहेका थिए । १० दिने भ्रमण सकेर शर्माको टोली वैशाख ४ गते स्वदेश फर्किसकेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend