काठमाडौं । राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी थियो ।
बिहानैदेखि राप्रपाका नेता तथा कार्यकर्ता बिजुली बजारमा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरू त्यहाँबाट जुलुससहित नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक पुगेर प्रदर्शनमा सहभागी भएका थिए ।
यसैबिच, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पर्चासहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रहरीले लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । उनीहरू हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा रहेका छन् ।
पार्टी अध्यक्षसहित शीर्ष नेताहरू पक्राउ परेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ । आइतबार अपराह्न ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने तय भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend