काठमाडौं । गायिका सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो ।
यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ ।
गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।
गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन—मिक्सिङ र मास्टरिङ—गोविन्द सोनीले गरेका हुन्, रेकर्डिङ भने सबिर कार्कीले ‘हुरी रेकर्डिङ स्टुडियो’, कुपण्डोलमा सम्पन्न भएको हो ।
भिडियो पक्षलाई पनि सशक्त बनाउन निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिएका छन् ।
सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन् । यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ । दर्शक, स्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन् ।
यस्तो छ गीत
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend