Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्रीको आरोप- माओवादीले गन्तव्यविहीन अनावश्यक हिंसा मच्चाएको थियो


    बिहिबार, बैशाख ४ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले देशमा अनावश्यक ढंगले गन्तव्यविहीन हिंसा मच्याएको आरोप लगाएका छन्।

    नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै देशमा हिंसा मच्याउनुपर्ने कुनै कारण नै नरहेको बताए।

    उनले भने, ‘हाम्रा देशमा एउटा यस्तो समय आयो, अनावश्यक ढंगले हिंसा प्रारम्भ गरियो। हिंसा नै मच्याउनुपर्ने कुनै कारण थिएन। त्यो हिंसा कुनै ठोस गन्तव्यमा पुग्नेवाला पनि थिएन, त्यो अलिक समय नेपाली जनताका लागि त्रासपूर्ण र बुद्ध भूमि र शान्ति भूमि भनेर चिनिने ठाउँ अकारण अशान्तिको रूपमा परिणत भयो। त्यसको मारेमा सबैभन्दा धेरै सेना प्रहरी नै परे। सेना प्रहरी मात्रै परेनन् उनीहरूको परिवार पनि पीडादायक प्रभाव रह्यो।’

    उनले नहुनुपर्ने द्वन्द्व भएपछि आफूहरूले धेरै मेहनत गरेर संवादबाट शान्ति प्रक्रियामा ल्याएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार