Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिने


    बिहिबार, बैशाख ४ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । उनले सांसदको जिम्मेवारीमै रहने भन्दै आज बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा बुझाउने तयारी गरेकी हुन् ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको बताए । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ ।

    यसअघि गत १७ चैतमा रवि लामिछाने सभापतिमा पुनर्बहाली हुँदा पनि श्रेष्ठले राजीनामा प्रस्ताव गरेकी थिइन्। लामिछानेले तत्कालका लागि यो विषय थाती राख्न सुझाएपछि उनी रोकिएकी थिइन्। तर, अहिले लामिछाने कारागारमा रहेकै बेला उनले राजीनामा अघि बढाएकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार