Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजै मन्त्रिपरिषद् बैठक राखेर शिक्षक आन्दोलनबारे निर्णय गर्न गगन थापाको आग्रह


    शुक्रबार, चैत्र २९ २०८१
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको माग सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। आन्दोलनरत शिक्षकहरूलाई कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र मन्त्रीहरूले जिम्मेवारी बोध गर्नुपर्ने बताए।

    शिक्षक आन्दोलन लम्बिँदा शैक्षिक सत्रलाई प्रभावित पार्न सक्ने भएकाले आजै मन्त्रिपरिषद्को बैठक राखेर केही निर्णयहरू गर्न आग्रह गरेका हुन्।

    एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री थापाले भनेका छन्, ‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाई हल गर्न सकिन्छ।

    मन्त्रिपरिषद्ले निर्णय गर्ने विषयहरू, करिब १५ वटा छन्। शिक्षकहरूको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्मचारीको कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नुपर्छ। त्यसका लागि केही स्रोत साधन जुटाउनुपर्छ। यो आजै मन्त्रिपरिषद् र मन्त्रालयहरूले निर्णय गर्न सक्छ।’

    कानून निर्माणको विषयमा सरकारले अब चाँडै संसद अधिवेशन बोलाउनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार