Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोलमात्रै ओढेका छन्, रास्वपाले खोल ओढ्दैन: रवि लामिछाने


    सोमबार, चैत्र १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गणतन्त्रवादी दलहरूसँग फोटो खिचाउने पक्षमा आफ्नो दल नरहेको बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए ।

    ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’

    वर्तमान सरकारप्रति आक्रोशित सुनिएका लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्र्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार