काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ। अपराह्न ४ बजेदेखि बैठक सुरु भएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्किएपछि आज पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा पक्राउ परेका थिए । त्यसपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले नेतृत्व गरिरहेका थिए । पहिलो बैठकमा सभापतिले धन्यवाद दिनेलगायत कार्यसूची छ।
आजै अर्को केन्द्रीय समिति बैठक बस्दैछ उक्त बैठकले पार्टी र संसद्मा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे लामिछानले ब्रिफिङ लिनेछन् । त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने झाको भनाइ छ। आजको बैठकले पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्नेछ।
अधिवेशनरमहाधिवेशन कार्यतालिकाबारे छलफल हुने रास्वपाका नेताहरूले बताएका छन्। रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने भनेर तयारी गरे पनि कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशन हुन सकेको छैन। त्यसैले तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेको बताइएको छ। आजको बैठकले नया मिति प्रस्ताव गरेर त्यसमाथि छलफल सुरु गर्ने भनिएको छ। यीबाहेक अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend