Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ममाथि सरकारको षड्यन्त्रको सिलसिला रोकिएको छैन: रवि लामिछाने


    सोमबार, चैत्र १८ २०८१
    950
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।

    पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

    ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

    भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका उनले काँग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।

    म आगो कहाँ बल्ला र तापौँला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिर्नुपर्ने छ, बदल्नुपर्ने छ । हामीले घण्टी बजायौँ । २१ जना संसदनमा आएपछि सच्चिए होलान् भन्ने लागेको थियो, तर यिनीहरुले चेतेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार