Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • रवीन्द्र मिश्रलाई हतकडीसहित म्यादथपका लागि सरकारी वकिलको कार्यालय लगियो


    आइतबार, चैत्र १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्यादथपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

    तिनकुनेमा भएको प्रदर्शनको क्रममा मानवीय र भौतिक क्षतिको जिम्मेवार रहेको भन्दै पक्राउ परेका मिश्रसहितलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको हो । गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्यादथपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

    उनलाई आजै अदालत लगिनेछ । राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ ।

    त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार