Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक


    आइतबार, चैत्र १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आज साझ बस्नेगरी बैठक बोलाएका हुन् ।

    सभामुख देवराज घिमिरे आज संसदको गतिरोध अन्त्य गर्न प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल गरेका थिए । सोही समयमा सचेतक बर्तौलाले सर्वदलिय बैठक बोलाएको जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ ।

    गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार