Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • घुस लेनदेन प्रकरणः वनमन्त्रीलाई राजीनामा दिन सुदूरपश्चिमका मुख्यमन्त्रीको निर्देशन


    शनिबार, चैत्र १६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । फोनमा घुस लेनदेन गरेको अडियो भाइरल भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको पद संकटमा परेको छ । मुख्यमन्त्री कमल शाहले उनलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

    प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका क्रममा आर्थिक लेनदेन गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

    सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि पास गर्न लागेको छ । लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठूलो धनराशी कमाउने चलखेल भएको लेनदेनको अडियोलेबाट खुलेको छ ।

    सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरीसहित सचिवालयका कर्मचारी र केही वन माफियाबीच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियो सार्वजनिक भएको थियो । लेनदेनको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री शाहले तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।

    लक्ष्मणकिशोर चौधरी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मन्त्री भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार