Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • दल खोलेर राजनीतिमा आउन पूर्वराजालाई पम्फा भुसालको सुझाव


    शुक्रबार, चैत्र १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिएकी छन् ।

    भृकृटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभामा बोल्दै भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरे ।

    ‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई तिहाइ ल्याएर राष्टपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।

    सरकारले गरिरहेको कमजोरीका कारण उत्पन्न परिस्थितिलाई राजावादीहरूले प्रयोग गर्न खोजेपनि सम्भव नरहेको उनले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार